शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

देउवाले बालुवाटार बाट गेट आउट भनेपछि ‘प्रचण्ड’ रुँदै रुँदै सरकार बाहिर : मुकुन्दे


  • शुक्रबार, फाल्गुन १३ २०७८
9.9K
SHARES

फाइल तस्विर

आफूलाई दार्शनिक बताउने मुकुन्द घिमिरे उर्फ मुकुन्देले सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डलाई कटाक्ष गरेका छन् । उनले फेसबुकमा भनेका छन् ‘देउवाले बालुवाटारबाट गेट आउट भनेपछि प्रचण्ड रुँदै रुँदै सरकार बाहिर निस्के’ भन्दै कडा आलोचना गरेका छन् ।

रत्नपार्कमा आफ्ना अभिव्यक्ति दिएर चर्चामा आएका मुकुन्दे पछिल्लो समय सामाजिक सञ्जालमा आफ्ना भनाई पोख्ने गर्छन् । केहीले उनलाई हावादारी गफ लाएको भने पनि उनको तर्क सत्यता नजिक रहने जानकारहरू बताउँछन् ।

एक राजनीतिका जानकार भन्छन् मुकुन्देलाई हावादारीको ट्याग लगाएर बहुला सम्म भन्छन् तर मुकुन्देले समाजको यथार्थ बोलेको हुन्छ ।

पूर्व भोजपुरमा जन्मिएका मुकुन्दे राजनीतिक घटना क्रममा चोटिला आफ्ना भनाई राखेर सामाजिक सञ्जालमा धेरै पढिने र हेरिने मध्य पर्छन् ।

पुर्ब भोजपुरमा जन्मेका मुकुन्द घिमिरे उर्फ मुकुन्देले आफूलाई दार्शनिक बताउँछन् । विभिन्न परिस्थितिमा राजनीतिक घटनाक्रमको खरो रूपमा विश्लेषण गर्नु उनको पहिचान बनिसकेको छ । सामाजिक सञ्जालहरूमा मुकुन्दे खुब पढिन्छन् हेरिन्छन् ।

आफ्नै किसिमको राजनीतिक भविष्यवाणी र टिप्पणीका कारण मुकुन्दे अहिले सामाजिक सञ्जालमा चर्चित मानिन्छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा