शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

काँग्रेस सँगको बैठक हाँपेर ओली पोखरातिर, ओली-देउवा मिल्ने सम्भावना कति ?


  • शुक्रबार, फाल्गुन १३ २०७८
9.4K
SHARES

फाइल तस्बिर

एमाले अध्यक्ष केपी ओली पोखरा पुगेका छन् । आफ्नै पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा गएका हुन्। पोखरा विमानस्थलमा उत्रिएका एमाले अध्यक्ष केपी ओलीलाई नेता पृथ्वी सुब्बा गुरुङसहितका एमालेका नेताले भव्य स्वागत गरेका छन् ।

बिहीबार नेताहरूबिच शुक्रवार काँग्रेससित नयाँ समीकरणका लागि छलफल हुने बताइए पनि उक्त छलफल छोडेर ओली पोखरा पार्टीको कार्यक्रममा गए पनि ओली आजै काठमाडौँ फर्किने बताइएको छ ।

एमसीसी प्रकरणमा सत्ता गठबन्धनमा रहेका माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी अध्यक्ष माधव नेपाल एमसीसीको विपक्षमा देखिएपछि प्रधानमन्त्री देउवा एमाले सँग मिलेर भए पनि एमसीसीलाई पास गर्ने रणनीतिमा देखिन्छन् ।

सत्ता साझेदार दलको असहयोग हुने भएपछि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल एमाले सँग नजिकिँदै छलफल गर्ने गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा