शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

माधव नेपालको पार्टी कोल्याप्स गरिदिने ओली र देउवाको सहमति छ : मुकुन्दे


  • बिहिबार, फाल्गुन १२ २०७८
13.9K
SHARES

फाइल तस्विर

आफूलाई दार्शनिक भएको बताउँदै आएका मुकुन्द घिमिरे उर्फ मुकुन्देले माधव नेपालको पार्टी कोल्याप्स गरिदिने एमाले अध्यक्ष ओली र प्रधानमन्त्री देउवाको सहमति भएको बताएका छन् ।

सामाजीक सञ्जाल फेसबुकमा उनले आफ्ना धारणा राख्दै लेखेका छन् ‘माधव नेपालको पार्टी कोल्याप्स गरिदिने एमाले अध्यक्ष ओली र प्रधानमन्त्री देउवाको सहमति, केही दिनमा अदालतले उपयुक्त फैसला सुनाउन सक्ने’  भन्दै एमाले बाट फुटेर जन्मिएको समाजवादी पार्टीलाई देउवा र ओलीको सहमतिमै कोल्याप्स बनाउने तर्क गरेका हुन् ।

केही वर्ष अघिसम्म रत्नपार्कका रुखमाथि चढेर भाषण गरी चर्चामा कमाएका पूर्व भोजपुरमा जन्मेका मुकुन्दे अर्थात् मुकुन्द घिमिरेले अहिले सामाजिक सञ्जालहरूमा धेरै फ्यान फलोअर भएका मध्य मानिन्छन् ।

विभिन्न राजनीतिक विषयमा उनका भनाइहरू सामाजिक सञ्जाल मार्फत आउने गर्छन् । धेरैले हावादारी भने पनि उनका भनाई समाजको यथार्थ बोक्ने किसिमका भएको जनकारहरू बताउँछन् ।

धेरैले उनलाई हावा भने पनि सामाजिक सञ्जालहरूमा उनलाई धेरैले सुन्ने तथा पढ्ने समेत गरेको पाइन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा