कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको सत्तारूढ गठबन्धन धरापमा परेको बताएका छन्।
बिहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित भएको नेताहरूको बैठकमा सहभागी महामन्त्री थापाले एमसिसी सम्झौता पारित गर्नेमा कुरा नमिलेपछि अहिलेको सत्ता गठबन्धन धरापमा परेको बताएका हुन्।
बानेश्वरको बैठकमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीलाई एमसिसी पारित गर्न सहयोग गर्न आग्रह गरेको थापाले जानकारी दिए।
‘तपाईंको सरकारले दर्ता गरेको विषय हो। हामी प्रतिपक्षमा हुँदा तपाईंलाई सहयोग गरेका थियौं। हामी सरकारमा हुँदा पनि तपाईंहरूबाट त्यही अपेक्षा गर्छौं,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै थापाले भने।
एमसिसीमा सहयोग गर्न पहिला सदन सुचारू हुनुपर्ने ओलीले बताएका थिए।
‘त्यसका लागि सबै विकल्पहरूमा छलफल गर्न हामी तयार छौं भनेपछि साँझ ७ बजे फेरि बस्ने कुरा भएको छ,’ थापाले भने।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।