सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको अवरोध हट्ने र एमसीसी पनि पास हुने विश्वास व्यक्त गरेका छन् ।
संसद बैठक रोकेर बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले नेताहरुसँग छलफल गरेका थिए ।
छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘संसदलाई सुचारु गर्न प्रधानमन्त्रीले अधिकतम सहमति बनाउन सबैसँग छलफल प्रारम्भ गर्नुभएको छ ।
यो छलफलले संसद सञ्चालन हुने विश्वास छ । एमसीसी सार्वभौम संसदमा गहन रुपले छलफल भएर एउटा निष्कर्ष पुग्ने वातावरण तयार हुन्छ भन्ने विश्वास छ ।’
सबैको सहमतिमा संसद सञ्चालन हुने र एमसीसीबारे छलफल गर्ने वातावरण बनाउन प्रधानमन्त्रीले प्रयास गरिरहेको उनले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।