शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

हामी अमेरिका विरोधी होइनौं, तर यथास्थितिमा एमसीसी पास गर्न सक्दैनौं : पोखरेल


  • बिहिबार, फाल्गुन १२ २०७८
10.5K
SHARES

नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले आफूहरू अमेरिका विरोधी नभएको र अनुदान पनि चाहिएको बताएका छन् । तर, यथास्थितिमा एमसीसी पास गर्न नसक्ने समेत उनले बताए ।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका सांसद पोखरेलले आफूहरू यथास्थितिमा एमसीसी पास गर्न हुँदैन भनेर लागेको बताए ।

हामी अमेरिका विरोधी होइनौं, हामीलाई विकास पनि चाहिएको छ । साँच्चै अनुदान हो भने त्यो पनि चाहिएको छ’ उनले भने, ‘तर अनुदानका वा विकासका नाममा जे कुरा पृष्ठभागमा आएको छ, त्यो बुझिदिनुपर्‍यो ।’

उनको प्रश्न छ, ‘यदि अनुदान हो भने पास गरे भनेर किन हाम्रा राष्ट्रिय नेताहरूलाई धम्की दिँदै हिँडेको ?’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा