सत्ता गठबन्धनको प्रमुख घटक समाजवादी दलका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झालनाथ खनालले गठबन्धन अहिले भत्किएको छैन एमसीसीको कुरो मिल्न सक्दैन भन्दै सडक तात्छ मात्र होइन, आगो बल्छ भन्ने अभिव्यक्ति दिएका छन् ।
उनले गठबन्धनको भविश्यबारे यकिनसाथ भन्न नसकिने जानकारी दिएका छन्।
एमसिसीबारे छलफल हुने भनिएको संसद बैठक अचानक स्थगित भएपछि संसदबाहिर पत्रकारसँग प्रतिक्रिया दिँदै नेता खनालले मुलुकको स्वतन्त्रताको पक्षमा हुनेहरुले एमसिसीको समर्थन गर्नै नसक्ने दाबी दोहोर्याए। ‘गठबन्धन भनेको बन्छन्, बिग्रन्छन्’, खनालले भने।
उनले सडक आन्दोलनबारे प्रष्ट पार्दै भने, ‘आवश्यकता अनुसार सडक तात्छ मात्र होइन, बल्छ पनि।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।