शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एमसीसी प्रकरण : प्रचण्ड-माधव नैतिक सङ्कटमा, लिङ्ग नछुटिने दोहोरो चरित्र देखाएको आरोप !


  • बिहिबार, फाल्गुन १२ २०७८
8.9K
SHARES

‘प्रचण्ड’/ वरिष्ठ नेता माधवकुमार

सत्ता गठबन्धनको प्रमुख घटक माओवादी र समाजवादीको एमसीसी प्रकरणमा लिङ्ग नछुटिने दोहोरो चरित्र  देखाएको आरोप लाग्न थालेको छ । सत्ता पनि नछोड्ने एमसीसी पनि पास गर्न नहुने अडानमा समाजवादी र माओवादी रहेको देखिन्छ ।

सत्ताको नेतृत्व गरेका काँग्रेस नेताहरू एमसीसीको पक्षमा मतदान नगर्ने भए सत्ताबाट अलग हुनु पर्ने धारणा राखिरहेका छन् । काँग्रेस नेता गगन थापाले माधव नेपाल र प्रचण्डले एमसीसी प्रकरणमा दोहोरो भूमिका खेलेको सार्वजनिक रूपमै बताई सकेका छन् ।

सदनमा एमसीसी टेबल भइसकेको अवस्थामा प्रमुख सत्ताधारी दलका अध्यक्ष द्वय नेता माधवकुमार नेपाल र प्रचण्ड नेतृत्वको पार्टीले एमसीसीको विपक्षमा मत हाल्ने बताइसकेको अवस्था छ ।

सत्ताको नेतृत्व गरेको कांग्रेसले एमसीसी पास गराई छाड्ने अडानमा रहेका बेला दुइ दल माओवादी र समाजवादी पार्टीले सत्ता छोड्नु पर्ने थियो तर त्यस्तो देखिँदैन ।

समाजवादी र माओवादी सत्ता पनि छोड्न तयार छैनन् भने एमसीसीको पक्षमा मतदान गर्न पनि तयार देखिएका छैनन् । काठमाडौँको माइतीघर नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोध गर्दै प्रदर्शन सुरु भएको छ ।

प्रदर्शनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरु माइतीघरमा भेला भएर नाराबाजीसहित र्यालीसहित प्रदर्शन गर्दै संसद भवन नयाँ बानेश्वरतर्फ लागेका छन् ।

उनीहरुले बिहीबार निषेधित क्षेत्र तोडेर संसद भवन घेराउ गर्ने बताएका छन् । त्यस्तै अर्को दल नेकपा समाजवादीका जनवर्गीय संगठन अनेरास्ववियुले पनि एमसीसीको विरोधमा मीनभवनबाट विरोध र्याली निकाल्ने र संसद भवन घेराउ गर्ने तयारी गरेको अध्यक्ष सुदेश पराजुलीले बताएका छन् ।

सत्ता पनि नछोड्ने र सडकमा पनि सङ्घर्ष गर्ने दोहोरो चरित्रका कारण राजनीतिमा नैतिकताको खडेरी देख्न सकिन्छ। एमसीसीको बिरोध गर्ने भए सत्ताबाट अलग हुनु पर्ने धारणा राजनीतिका जनकारहरू बताउने गर्छन् । तर प्रचण्ड र माधव नेपाल नेतृत्वमा रहेका दुई पार्टीको चरित्र दोहोरो सत्ता र सडकमा स्पष्टै देखिन्छ ।

प्रतिनिधि सभाको आज बस्ने बैठकमा एमसीसीबारे छलफल हुदैछ । एमसीसीबारे राजनीतिक दलहरु विभाजित हुदै आएका छन् । एमसीसी प्रकरणले माधव नेपाल र प्रचण्डलाई नैतिक सङ्कट उत्पन्न गराएको बुझ्न सकिन्छ । एमसीसीको विपक्षमा उभिने भए सत्ता छोड्नु पर्ने अवस्था देखिन्छ । सत्ता अहिलेकै अवस्थामा छोड्दा नजिकिँदै गरेको चुनावमा हार बेहोर्नु पर्ने डर रहेकाले पनि सत्तामै अडिने चाहा समाजवादी र माओवादीलाई भएको देखिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा