नायक पल शाह प्रकरणले अहिले सिने क्षेत्र तातेको छ । शाहलाई जबरजस्ती करणी गरेको किटानी जाहेरी परेपछि सिने क्षेत्रमा तरङ्ग उत्पन्न भएको छ । सामाजिक सञ्जाल हरूमा विभिन्न समाचारहरू आएका छन् ।
यसै बिच नायक पल शाहले आफ्नो सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट आफू विरुद्ध षडयन्त्र पूर्वक ढङ्गले प्रहार भएको र आफू दोषी भए नेपालको कानुन अनुसार सजाय भोग्न तयार रहेको स्पष्ट पारेका छन् ।
उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’
नायक पल शाहले आफूलाई नियोजित षडयन्त्र गरेको दाबी गर्दै दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट् चौलागाईंलाई समेत नाम सार्वजनिक गरेका छन् । गायिकालाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र आफूमाथि भएको नायक पलको जिकिर छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।