शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

विश्वकप छनोट हुनबाट चुकेको नेपाली क्रिकेट टिम आज तेस्रो स्थानका लागि ओमान सँग खेल्दै


  • बिहिबार, फाल्गुन १२ २०७८
8K
SHARES

फाइल तस्विर

विश्वकप छनोट हुनबाट चुकेको नेपाली क्रिकेट टिम आज तेस्रो स्थानका लागी ओमान सँग खेल खेल्दै छ । ओमान पनि यो पटक विश्वकप छनोट हुन नसकेको टिम हो ।

आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायर ए को तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग खेल्ने भएको हो ।

दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकपको होडबाट बाहिरिएका थिए । फेरि विश्वकप खेल्ने लक्ष्यका साथ ओमान पुगेको नेपाल यसपटक लक्ष्यमा सफल हुन सकेन ।

नेपाल र ओमानबीचको खेल अल अमेरातमा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । सेमिफाइनलमा नेपाल यूएईसँग र ओमान आयरल्याण्डसँग पराजित भएको थियो ।

यूएई र आयरल्याण्ड भने क्वालिफायरको फाइनल पुग्दै अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हाने टी-२० विश्वकपका लागि छनोट भएका छन् ।

आजै यी दुई टोलीबीच क्वालिफायरको उपाधिका लागि पनि प्रतिस्पर्धा हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा