नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको शुभकामना भन्दा ठूलो राजनीतिमा केही नहुने बताएका छन्। आफ्नो जन्मदिनमा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले जनताकै माया र सद्भावले यहाँसम्म आइपुगेको बताए।
‘म बिरामी हुँदा विभिन्न मठ, मन्दिरहरूमा, गुम्बारहरूमा प्रार्थना गरिए होला। भजन गरिए होला, पुजाआजा गरिए, भाकल गरिए होलान्। आफ्ना विश्वास र आस्थाअनुसार मान्छेले सुस्वास्थ्यको कामना गरे,’ उनले भने, ‘जो मन्दिर जान सकेन उसले घरैबाट कामना गर्यो होला। जनताको शुभकामना जति ठुलो राजनीतिमा केहीपनि हुँदैन।’
उनले अलिकति जमिन छोड्यो भने समस्या पर्न सक्ने बताए। ‘अलिकति जमिन छोड्यो भने त सर्वोच्च अदालतमा चार जना न्यायाधीशले पनि निर्णय गर्दिन्छन्। तर आखिर उचालेको उचाल्यै त कहाँ हुन्छ र हामी जमिन टेकिहाल्छौं,’ उनले भने, ‘यो पार्टी देशका लागि बनेको पार्टी हो। जनताको लागि उनीहरूको सुख समृद्धिका लागि बनेको हो। त्यसैले यो पार्टीले जनताको साथ पाउँछ।’
आफू जेलमा हुँदापनि जनताको साथ र सहयोगबाटै रिहा भएको उनले बताए। जनताको शुभकामना र चाहनाले फाँसीबाट जोगिएको भन्दै आफूले यस्तो यथार्थ नबिर्सिएको समेत उनले बताए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।