शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

गठबन्धन टुटाउने र सरकार गिराउने षड्यन्त्र भयो – प्रचण्ड


  • बुधबार, फाल्गुन ११ २०७८
10.1K
SHARES

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको बताए ।

बुधबार काठमाडौंमा माओवादीको वागमती प्रदेश समितिको दोश्रो पूर्ण बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले परिवर्तनलाई कमजोर पार्ने, गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको बताएका हुन् ।

त्यस्तै उनले बाहिर चर्चा गरिएजस्तो अहिले नै प्रतिकान्ति हुने अवस्था नरहेको जिकिर गरे । उनले बुधबार बिहान प्रधानमन्त्रीसँग नभई गृहमन्त्रीसँग भेटवार्ता भएको जानकारी दिए ।

संसद्मा टेबल गरिएको एमसिसी अनुमोदन गर्नेलगायत विषयमा बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँणले प्रचण्डसँग भेटवार्ता गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा