मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

मुलुकको ब्यापार घाटा १० खर्ब नाघ्यो


  • मंगलबार, फाल्गुन १० २०७८
7.1K
SHARES

फाईल तस्बिर

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिनामै मुलुकको ब्यापार घाटा १० खर्ब १५ अर्ब नाघेको छ ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांकअनुसार ब्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.४५ प्रतिशतले बढी हो ।

गत वर्षको यसै अवधिमा यस्तो ब्यापार घाटा ७ खर्ब ३३ अर्ब थियो ।साउनदेखि माघ मसान्तसम्म कुल ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

यसै अवधिमा कुल १ खर्ब ३१ अर्ब ६५ करोड रुपैयाँको वस्तु नेपालले अरु मुलुकलाई बिक्री गरेको छ । वस्तु आयात गत वर्षको सोही अवधिको तुलनामा ४२।७८ प्रतिशतले बढी हो भने निर्यात ८८.३ प्रतिशतले बढी हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा