संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देश ठग्नेलाई एक साताभित्र कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसका उपलक्ष्यमा भएको कार्यक्रममा मन्त्री आलेले देशमाथि घात गर्नेविरुद्ध कडा कदम चाल्न लागेको बताउनुभएको हो । आजसम्मका काम ट्रेलर मात्रै भएको उल्लेख गर्दै एक साता भित्र पूरा फिल्म देखिने गरी काम गर्ने बताउनुभयो ।
मन्त्री आलेले विगतका सरकारले गरेका फोहोरका डङ्गुर हटाउन आफू लागिपरिरहेको बताउनुभयो । उहाँले हालै सार्वजनिक भएको अडियो टेपको सन्दर्भमा आफूले बोल्दाखेरी तलमाथि पर्न गएको स्वीकार गर्नुभयो ।
बोल्दा तलमाथि भए पनि आफ्नो मनमा कुनै पाप नभएको उहाँले प्रष्ट पार्नुभयो । मन्त्री आलेले आफूमा जनजातिको छोरा भएका कारण भाषा, संस्कृतिमा कमि भए पनि आत्मा पवित्र रहेको बताउनुभयो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।