शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एमसीसी अब प्रक्रियाबाट टुंगिन्छ : प्रचण्ड


  • मंगलबार, फाल्गुन १० २०७८
9.4K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना एमसीसी संसदीय प्रक्रियामा टुंगोमा पुग्ने बताएका छन् ।

सोमबार सिंहदरबारमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको भेटवार्तापछि अध्यक्ष प्रचण्डले एमसीसी अब प्रक्रियाबाट टुंगिने बताए । पौडेलले एमसीसीको समस्या समाधान गरेर सत्ता गठबन्धन जोगाउनुपर्नेमा जोड दिएका थिए । उनले गठबन्धन पनि रहने र एमसीसी पनि पास हुनेगरी भूमिका खेल्न प्रचण्डलाई आग्रह गरेका थिए ।

जवाफमा प्रचण्डले एमसीसी प्रक्रियाबाट टुंगोमा पुग्ने बताएका हुन् । तर संसदमा अनुमोदनका लागि समर्थन गर्ने वा नगर्नेबारे केही बोलेनन् । ‘रामचन्द्रजीले गठबन्धन बचाउनुपर्‍यो, एमसीसी पनि समस्या समाधान गर्नुपर्‍यो भन्नुभएको छ,’ उनले भने, ‘मैले गठबन्धन बच्छ । एमसीसी त अब प्रक्रियाबाट टुंगिन्छ भने ।’

नेता पौडेलले भने एमसीसीलाई फेल गरेर मुलुकलाई आर्थिक र राजनीतिक संकटतिर देशलाई धकेल्न नहुनेमा जोड दिएका थिए ।

‘हरेक किसिमका गतिरोध छन् । संसद र अदालतका गतिरोध छन् । प्रधानन्यायाधीशमाथिको महाभियोग संवैधानिक निकाय र एमसीसी परियोजना समस्याका रुपमा छन् । मुलुक असफलतातिर गइरहेको अवस्था देखेर यो संकटबाट देशलाई मुक्त गरौं । गठबन्धन पनि रहोस् एमसीसी पनि फेल नहोस् । सफल वा पास हुनुपर्छ । यसको लागि सबै लागेर मुलुकलाई आर्थिक र राजनीतिक संकटतिर देशलाई धकेल्नु हुँदैन । सबैले सुझबुझका साथ काम गरौं भने,’ पौडेलले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा