शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमसिसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय


  • सोमबार, फाल्गुन ९ २०७८
7.7K
SHARES

तस्विरः फाइल

एकीकृत समाजवादीले संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीसम्बन्धी सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

सोमबार बिजुली बजारस्थित प्रुडेन्सियल कलेजमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

उनले आफ्नो पार्टीका सबै सांसद र मन्त्रीहरूले एमसिसीको विपक्षमा मतदान गर्ने बताए। एकीकृत समाजवादीले पहिलो पटक एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।

यसमा स्वविवेक प्रयोग गर्ने भन्ने हुन्न। सबै सांसद र मन्त्रीहरूले विपक्षमा मतदान गर्नुहुन्छ,’ खतिवडाले भने,‘अरू पार्टीलाई पनि हामी विपक्षमा मतदान गर्न आग्रह गर्छौं।’

सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गरेपछि सरकार के गर्नुहुन्छ त भन्ने प्रश्नमा प्रवक्ता खतिवडाले भने- हामीलाई सरकारभन्दा राष्ट्रियता ठूलो छ।

एकीकृत समाजवादीका उपमहासचिव गंगाधर तुलाधरले पनि अहिलेलाई एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय भएको बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा