शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

निर्वाचनको तयारीमा जुट्नुस्, एक वडामा तीनवटा कमिटी गठन गर्नुस् : माओवादी केन्द्र


  • सोमबार, फाल्गुन ९ २०७८
8.5K
SHARES

फाइल तस्विर

नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनको तयारी गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

माओवादी केन्द्रले सोमबार प्रदेश कमिटीहरूलाई परिपत्र गर्दै केन्द्रीय कमिटीको बैठकबाट विस्तृत योजना र कार्यकम नबन्दासम्म संगठनात्मक काम र स्थानीय तह निर्वाचनको तयारी गर्दै निर्देशन दिएको हो ।

माओवादी केन्द्रले एक वडामा न्यूनतम तीन टोल कमिटी गठन गर्न तथा सबै संगठित सदस्यहरूलाई पार्टी समितिमा ल्याउन निर्देशन दिएको छ ।

यस्तै प्रदेश कमिटीको बैठक राख्न, जिल्ला समन्वय समितिको बैठक फागुन १२ गतेसम्म बसेर सबैको कार्यविभाजन पनि माओवादीले निर्देशन दिएको छ ।

यस्तै, निर्वाचनको तयारीका लागि पालिकाहरुमा निर्वाचन मुल परिचालन समिति बनाउनुपर्ने, गत निर्वाचनमा आएको मत परीणामको समीक्षा गर्नुपर्ने पनि अध्यक्ष प्रचण्डले पठाएको सर्कुलरमा भनिएको छ ।

निर्वाचन आयोगले ३० वैशाखको लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै दलहरू त्यसको तयारीमा लागेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा