शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमसीसी जस्तो सहयोग आँखा चिम्लिएर स्वीकार गर्छौं : कांग्रेस प्रवक्ता महत


  • सोमबार, फाल्गुन ९ २०७८
7.6K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदनमा सत्तारुढ दलहरुले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता महतले भने, ‘उहाँहरुले जसरी टेबल गर्न सहयोग गर्नुभयो, त्यसरी नै अनुमोदन गर्न सहयोग गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ । कसरी प्रस्तुत हुनुहुन्छ, १२ गतेपछि थाहा हुन्छ ।’

सरकारले आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता पेश गरेको छ र संसदको अर्को बैठक फागुन १२ गते बोलाइएको छ ।

एमसीसी अनुमोदनका लागि सत्तारुढ दलहरुसँगै प्रमुख विपक्षीसँग पनि सम्वाद गरिरहेको भन्दै उनले सत्तारुढ गठबन्धनमा समस्या नआउने विश्वास व्यक्त गरे । प्रवक्ता महतले अघि भने, ‘कुन रुपमा सहयोग गर्नुहुन्छ हेर्न बाँकी छ, तर पास नहुने अवस्था आउँदैन ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा