शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नुन बढी हुँदा हुने स्वास्थ्य समस्या तपाईलाई थाहा छ ?


  • सोमबार, फाल्गुन ९ २०७८
9.1K
SHARES

फाइल तस्विर

अत्यधिक मात्रामा नुन खाँदा गम्भीर स्वास्थ्य समस्याहरू देखा पर्ने चिकित्सकहरूको भनाइ छ। नुनको मात्रा बढी हुँदा नै नेपालमा अहिले उच्च रक्तचापको समस्या बढ्दो क्रममा रहेको देखिएको छ।
त्यस्तै अन्य मुटुसम्बन्धी समस्या पनि यसले बढाउने चिकित्सकहरूको भनाइ छ। मिर्गौला रोगको मुख्य कारण पनि नुनको अधिक प्रयोग भएको चिकित्सकहरु बताउँछन् ।

हाम्रो शरीरलाई सोडियम चाहिन्छ तर बढी भयो भने स्वास्थ्यमा एकदमै नराम्रो असर पर्छ। नुन बढी खाएपछि उच्च रक्तचाप त बढ्छ नै मिर्गौलामा पनि गम्भीर असर पर्छ। मिर्गौला भनेको हाम्रो शरीरको विकास तत्त्व छान्ने अङ्ग हो। तर नुन बढी खाने पानी कम खाने अवस्थाले गम्भीर स्वास्थ्य समस्या निम्त्यउँछ।

चिकित्सकका अनुसार नुन बढी भएका कारण हृदयाघात, उच्च रक्तचाप, अनिद्रा, चिट्चिटाहट, जोर्नी सुनिने र दुख्ने लगायतका स्वास्थ्य समस्या देखा पर्छन्। त्यस्तै दीर्घकालमा थाइरोइड लगायतका समस्या पनि देखिने उनको भनाइ छ। मात्रा मिलाएर मात्र नुन खानुपर्ने चिकित्सक बताउँछन्।

नुन बढी खाँदा हुने तत्काल र दीर्घकालका स्वास्थ्य समस्या कम गर्न नुन खाने मात्रा कम गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ। नुनले स्वाद दिने र खानालाई लामो समय नबिगारी राख्ने गर्छ। त्यस्तो खाना धेरै उपभोग गर्ने प्रवृत्ति बढ्दो छ। तर त्यसको नकारात्मक असर शरीरमा पर्छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा