शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर चलेको छ : प्रचण्ड


  • सोमबार, फाल्गुन ९ २०७८
11.5K
SHARES

फाइल तस्विर

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफनो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको बताएका छन् । अध्यक्ष दाहालले भने, ‘देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ ।’

अध्यक्ष दाहालले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने धारणा एकपटक फेरि फैलिएको उल्लेख गरे । मधेशमा मात्रै नभइ देशैभर माओवादीप्रति जनताको नयाँ उभार देखिएको उनको भनाइ थियो ।

नेपाली कांग्रेस र (नेकपा एमाले) का करिब दुई दर्जन नेता तथा कार्यकर्तालाई आज माओवादीमा प्रवेश गराउँदै उनले सो कुरा बताएका हुन् । नवप्रवेशीलाई अध्यक्ष दाहालले आज एक कार्यक्रमकाबीच अबिर र खादा लगाई पार्टीमा स्वागत गरेका हुन् । उनीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने उनको भनाइ थियो ।

यसरी प्रवेश गर्नेहरूमा नेकपा एमालेमा रहेका रौतहट जिल्ला मौलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानूसहितका नेता तथा कार्यकर्ता छन् ।

त्यसैगरी सुदूरपश्चिमबाट नेपाली काँग्रेसमा क्रियाशील सदस्य जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र विनोदप्रसाद भट्टलगायत माओवादीमा प्रवेश गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा