शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एमसीसी संसदको सम्पत्ति भयो : मन्त्री झाँक्री


  • आइतबार, फाल्गुन ८ २०७८
8.2K
SHARES

फाइल तस्विर

नेकपा एकीकृत समाजवादीकी नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी अब संसदको सम्पत्ति भएको बताएकी छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब संशोधन गर्ने वा नगर्ने सांसदहरुको हातमा रहेको बताएकी हुन् ।

‘(एमसीसी) पार्लियामेन्टको प्रपर्टी भइसक्यो । के विषय संशोधन गर्ने वा नगर्ने भन्ने कुरा सांसदहरुको हातमा आयो, बल सांसदहरुको कोर्टमा आयो’ उनले भनिन् ।

एमसीसी टेबल भएपछि छलफल र संशोधन गर्ने समय रहेको मन्त्री झाँक्रीले बताइन् । संसदको अर्को बैठक फागुन १२ गते बोलाइएको छ । मन्त्री झाँक्रीले संकल्प प्रस्ताव, सन्धीसम्बन्धी कानुनका प्रावधान र एमसीसी सम्झौता संशोधनजस्ता विकल्पमा छलफल हुने बताइन् ।

‘कम्प्याक्टको पार्टमा पनि केही संशोधन हुन सक्छ सांसदहरुले त्यसको विकल्प खोज्ने काम हुन्छ त्यो कुराका लागि सरकारले सहजीकरण गर्छ’ उनले भनिन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा