शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

अखिल अध्यक्ष पञ्चा सिहंसहित नेता कार्यकर्ता घाइते


  • आइतबार, फाल्गुन ८ २०७८
11.5K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह सहित नेता कार्यकर्ता घाइते भएका छन् ।

अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताविरुद्ध प्रदर्शनका क्रममा बानेश्वर क्षेत्रमा प्रहरीसँग झडपका क्रममा अध्यक्ष सिंहसहित एक दर्जन नेता कार्यकर्ता घाइते भएको अखिल क्रान्तिकारी केन्द्रीय कार्यालयले जनाएको छ ।

घाइते हुनेमा केशव रावल, समीर लुइँटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम यादवलगायत एक दर्जनभन्दा बढी नेता कार्यकर्ता छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी प्रहरीले दर्जन बढी वाईसीएल र अखिलका कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । प्रदर्शन रोक्न प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र  पानीको फोहोरा समेत हानेको छ । प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा समेत प्रहार गरिरहेका  छन्। केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा