राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले ‘देश पैसासँग साट्न नसकिने’ बताएकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्मा टेबल नगरी खारेज गर्नुपर्ने बताइन् ।
५५ अर्ब रुपैयाँको अगाडि देशको राष्ट्रियताको सवाल जटिल बन्दै गएको भन्दै उनले नेपालको संविधानमाथि हुने एमसीसी मान्य नहुने बताइन् ।
“यो सहयोग हो भने विगतमा पनि अमेरिकाले दिएको छ । तर, सदनबाट पास गर्ने व्यवस्था थिएन । आज किन सभाबाट पास गर्नुपर्ने बाध्यता भयो त ?,” उनले प्रश्न गरिन् ।
देश रहे नेपाली रहने भन्दै उनले देश नरहे पार्टीको अस्तित्व पनि नरहने बताइन् ।
अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभामा टेबल गर्दा सत्तारुढ दलका सांसदहरु नै विरोधमा उत्रिएका छन् ।
एमाले सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीको तर्फबाट एमसीसी सम्झौता टेबल गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए । कार्कीले सम्झौता टेबल गर्न प्रस्ताव गर्दा सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीका केही सांसदले उठेर विरोध गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।