शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

यो देश काुननी शासनबाट चल्छ कि विदेशीको धम्कीबाट ? : भीम रावल


  • आइतबार, फाल्गुन ८ २०७८
11.1K
SHARES

फाइल तस्विर

नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता कुनै पनि हालतमा संसद्मा टेबल गर्न नहुने बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले एमसीसी टेबल गर्ने विषय कार्यसूचीमा कुन कानुनअन्तर्गत राखेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गरे ।

“यो देश काुननी शासनबाट चल्छ कि विदेशीको धम्कीबाट चल्छ ?,” रावलले भने, “हाम्रो संविधान–कानुन मिचिने, स्वतन्त्र परराष्ट्र नीतिमा धावा बोल्ने परियोजना टेबल गर्न हुँदैन ।”

नेता रावलले राजनीतिक दलको बीचमा सहमति नभएको र प्रतिपक्ष दलले संसद् अवरोध गरेको तथा सत्ता गठबन्धनमा कुरा नमिली कसरी टेबल हुन्छ ? भन्दै प्रश्न गरे ।

एमसीसी सम्झौताले संविधान, कानुन मिचिने र स्वतन्त्र परराष्ट्र नीतिमा आघात पार्ने भन्दै उनले भने, ‘यस्तो विषयमा प्रमुख प्रतिपक्षीले विरोध गरिरहेको, सरकारमा रहेका दलहरुको बीचमा सहमति नभइरहेको अवस्थामा यसरी जनताको भावना विपरित टेबल गरिनु आपत्तिजनक छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा