शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एमसिसी टेबल गर्ने निर्णयमा माओवादीको लिखित असहमति


  • आइतबार, फाल्गुन ८ २०७८
9.3K
SHARES

फाईल तस्बिर

सत्तारूढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङसहित तीन जना सांसदले एमसीसी टेबल गर्ने निर्णयमा असहमति जनाएका छन्।

नेता देव गुरूङ, रेखा शर्मा र जयपुरी घर्तीले सभामुख अग्नि सापकोटालाई संयुक्त रूपमा पत्र लेख्दै एमसीसी टेबुल गर्ने विषयमा असहमति जनाएका हुन्।

उनीहरूले राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनको सुनिश्चितता पनि नभएको र संसद अवरूद्ध रहेको भन्दै संसदमा एमसीसी टेबल गर्ने विषयमाथि आफूहरुको गम्भीर असहमति रहेको उल्लेख गरेका छन्।

‘उपरोक्त सम्बन्धमा विगत लामो समयदेखि मिलेनियम च्यालेन्ज कोर्पोरेशन (एमसिसी)का विषयमा छलफल र बहस हुँदै आएको छ। देशव्यापी रूपमा तर्कवितर्क र छलफल मात्रै होइन आन्दोलन समेत अगाडि बढिरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यो अनुदान सम्झौता उल्लेखित कतिपय बुँदाहरूमा हाम्रो असहमति र आपत्ति रहँदै आएको छ।

यस सम्झौतालाई अगाडि बढाउन राष्ट्रिय सहमति हुनुपर्ने, कतिपय बुँदाहरू परिमार्जन र संसोधन हुनुपर्ने र संसद सुचारू हुनुपर्दछ भनी हामीले निरन्तर भन्दै आएका छौं।

तसर्थ राष्ट्रिय सहमति कायम नभएको, संसोधन र परिमार्जनको कुनै सुनिश्चितता पनि नभएको र संसद अवरूद्ध नै रहेकोले एमसिसी सदनमा टेबल गर्ने विषयमा हाम्रो गम्भीर असहमति रहेको व्यहोरा अनुरोध गर्दछौं।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा