शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रधानमन्त्रीले अडान नछाडेपछि संसदमै छलफल गर्ने समझदारी भएको हो : प्रचण्डको सचिवालय


  • आइतबार, फाल्गुन ८ २०७८
11.6K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद चल्न नसकिरहेका बेला सभामुखलाई एमसीसी टेबल गर्न लगाउन नहुने बताएका छन् ।

आज बिहान बसेको सत्ता गठबन्धनको बैठकमा प्रचण्डले विद्येयक संसदमा टेबल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक भए पनि अहिलेको अवस्थामा एमसीसी अघि बढाउन नसकिने बताएको प्रचण्डको सचिवालयले जनाएको छ।

तर प्रधानमन्त्री शेरबहादुर देउवाले टेबल गर्ने अडान नछाडेपछि सदनमै छलफल गर्ने समझदारी बनेको बताइएको छ।

अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता आज संसद्मा टेबल हुने भएको छ । आइतबार बिहान बालुवाटारमा बसेको पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा एमसीसी संसद्मा टेबल गर्ने सहमति जुटेको हो ।

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी आज संसद् बैठकमा टेबल हुने बताए । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा