शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रचण्ड-माधव नेपालको एमसीसी प्रकरणमा नौटङ्की : बालुवाटारमा सहमति, सडकमा आन्दोलन !


  • आइतबार, फाल्गुन ८ २०७८
13.1K
SHARES

फाइल तस्विर

सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूबिच एमसीसी सम्झौता आज संसद्मा टेबल गर्ने सहमति भएको समाचार बाहिरिएको छ । बालुवाटारमा बिहान बसेको बैठकमा यस्तो सहमति भएको हो तर सत्ता गठबन्धनको प्रमुख हिस्सा रहेका माधव नेपाल र प्रचण्ड नेतृत्वको पार्टी भने सडकमा एमसीसीको विपक्षमा आन्दोलन गरिरहेको छ । सत्ता गठबन्धनकै नेता–कार्यकर्ताहरू भने सोही सम्झौताविरुद्ध सडकमा छन् ।

यसअघि, संसद्मा एमसीसी टेबल गरे सरकार छाड्ने चेतावनी दिएको माओवादी केन्द्रले पनि टेबल गर्न दिने सहमति गरेको छ । तर, सोही पार्टीका नेता–कार्यकर्ता सडकमा छन् ।

अहिले माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, नेता रामप्रसाद सापकोटा, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीलगायत कार्यकर्ताले नयाँ बानेश्वरको सडकमा एमसीसीको विरोध गरिरहेका छन् ।

उनीहरूले एमसीसी परियोजनालाई राष्ट्रघाती बताइरहेका छन् । छुट्टाछुट्टै रूपमा नयाँ बानेश्वरमा उनीहरू विरोध प्रदर्शनमा उत्रिएका छन् ।

यसरी मूल नेतृत्व एमसीसीको पक्षमा सहमति हुने तर उनका निकट सङ्गठनहरू एमसीसीमा विरोध जनाउँदै सडकमा उत्रिनु हास्यास्पद भएको राजनीतिका जानकारहरू बताउने गर्छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा