नेपालका लागि नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्। उनीसँगै उनको अभियान पनि राप्रपामा मिसिएको हो।
शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमबीच शाहीसहित उनको अभियान राप्रपामा समाहित भएको हो।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कार्यालयमा फूलमाला लगाएर शाहीलाई स्वागत गरेका थिए।
समान विचार तथा सिद्धान्त बोकेर हिँडेका शक्तिहरूलाई एक ठाउँमा ल्याउने पार्टीको अभियानका क्रममा शाहीसहित उनको अभियानलाई प्रवेश गराइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।
अध्यक्ष लिङ्देनले आफू निर्वाचितपछि राप्रपाको पहिलो बैठकबाट समान विचार र सिद्धान्त बोकेका शक्तिसँग एकता अभियान चलाउने निर्णय गरेका थिए।
महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा समिति बनेको थियो। त्यो समितिले केही दिनअघि शाहीको अभियानसँग वार्ता गरी एकता प्रस्ताव गरेको थियो।
पार्टी पदाधिकारी बैठकले प्रस्ताव अनुमोदन गरेसँगै शाही र उनको अभियान राप्रपामा मिसिएको हो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।