शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक सुरू


  • शुक्रबार, फाल्गुन ६ २०७८
12K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका दलहरूको बैठक सुरू भएको छ। एमसिसी संसदमा टेबल गर्ने विषयमा छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताहरूको बैठक बसेको हो।

बालुवाटार बैठकअघि प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको बैठक भएको थियो।  बैठकमा प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायत तीनै पार्टीका मुख्य नेताहरू उपस्थित थिए।

उक्त  बैठकले एमसिसी अहिले संसदमा पेस गर्न सक्ने वातावरण नभएको निष्कर्ष निकालेको एक नेताले बताए।

‘पेस गर्ने नै हो भने पनि पहिला संसद सुचारू हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष छ,’ ती नेताले भने,‘कुन कानुनअनुसार एमसिसी संसदमा पेस गर्ने हो भन्ने पनि अहिले स्पष्ट छैन भन्ने हाम्रो धारणा छ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा