प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आज पनि संसद् अवरोध जारी राख्ने भएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरूको माग पूरा नभएकाले अवरोध कायम राख्ने बताए ।
“संसद्मा हामीले उठाएको माग पूरा भएको छैन । अवरोध जारी राख्छौँ,” उनले भने ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ । एमालेले पार्टीले कारबाही गरेका १४ सांसद्को सूचना टाँस्नुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको छ ।
त्यस्तै, एमाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि नजाने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठकअघि बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
“कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानुको अर्थ नै छैन नि ! संसद्मा कुनै परिवर्तन नै भएको छैन । हामीलाई बोलाएर के अर्थ ?,” उनले भने ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।