शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

प्रकाशमानलाई भेटेर फर्किए प्रधानमन्त्री


  • शुक्रबार, फाल्गुन ६ २०७८
12.7K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान कांग्रेस नेता प्रकाशमान सिंहलाई भेट्न ठमेल पुगेका छन् ।

प्रकाशमान सिंहको कान्छो छोरा भाष्करमान सिंहको आज बिहे हुन लागेकाले प्रधानमन्त्री देउवा सिंह परिवारलाई भेट्न ठमेल गएका हुन् ।

बिहेको बधाई दिन देउवा प्रकाशमान सिंहको निवासमा गएको र त्यहाँबाट फर्किसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशमानको सचिवालयले पनि भेट विशुद्ध पारिवारीक भएको जनाएको छ । ‘राजनीतिक विषयमा केही कुराकानी भएन, बधाई दिएर प्रधानमन्त्रीज्यू फर्किहाल्नुभयो,’ प्रकाशमान सिंहका सहयोगी युपी लामिछानेले भने ।

प्रकाशमानको छोरा भाष्करमानको बिहे राणाकी छोरीसँग हुँदै छ । बिहे ह्यात होटलमा हुने छ । जन्तीको रुपमा सहभागी हुन कांग्रेसका अन्य नेताहरु प्रकाशमान निवासमा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा