शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एमसीसीको विरोध गर्नेको मुख च्यातेर कानसम्म पुर्‍याई दिनुपर्छ : मुकुन्दे


  • बिहिबार, फाल्गुन ५ २०७८
12.4K
SHARES

फाइल तस्विर

‘पहाडमा रेलै रेल । मधेसमा खेतै खेत । ट्याक्टरले खेत जोत्ने । हेलिकप्टरले बीउ छर्ने । १० करोडसम्म जनतालाई सुखले पाल्ने । र, ३६५ दिन नै दसैँ घोषणा गर्ने न्यूनतम कार्यक्रम छ ।’ यो कुनै ठुलो राजनेताको भाषण होइन यो मुकुन्द घिमिरे उर्फ मुकुन्देको भनाई हो ।

मुकुन्देले आफूलाई दार्शनिक बताउँछन् । विभिन्न परिस्थितिमा राजनीतिक घटनाक्रमको खरो रूपमा विश्लेषण गर्नु उनको पहिचान बनिसकेको छ ।

पछिल्लो समय एमसीसी प्रकरणले राजनीति तातेको समयमा मुकुन्दे एमसीसीको पक्षमा आफ्ना बिचारहरू सामाजिक सञ्जालमा पोखेको भेट्न सकिन्छ । एमसीसीको विषयमा विरोध गर्नेलाई मुख च्यातेर कान सम्म पुर्‍याउने अभिव्यक्ति दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् एमसीसी को विरोध गर्नेको मुख च्यातेर कान कानसम्म पुर्‍याइदिनुपर्छ, राष्ट्रिय गौरवको एमसीसी विद्युतीकरण आयोजना पारित भएपछि देशभरि दीपावली गर्नुपर्छ।

०५८ देखि ०७० सालसम्म रत्नपार्कमा भाषण गर्दै हिँड्ने मुकुन्दे त्यसयता भने सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा जोडिएका छन् । ट्वीटरमा उनलाई दैनिक सयौले फलो गर्छन्, जुन चर्चित कलाकार वा राजनीतिज्ञको सरह हो । ०५५ सालमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानबाट ओभरसियर पास गरेका बिद्यार्थि हुन मुकुन्दे ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा