दश बर्से जनयुद्धका नेतृत्वकर्ता हुन प्रचण्ड । दश बर्से जनयुद्ध र ६२-६३ को आन्दोलनको जगमा टेकेर मुलुकले राजतन्त्रलाई बिदा गर्दै गणतन्त्रलाई संबिधान सभाको चुनाव मार्फत संविधान दिएर स्वागत गरेको हो ।
मुलुकमा गणतन्त्र स्थापना हुनुमा पुस्तकमल दाहाल प्रचण्डको भूमिका स्पष्टै सबैले देख्न सक्ने गरी रहेको छ । युद्धको नेतृत्व देखि संसदीय प्रणालीमा छिरेर प्रचण्डले मुलुकमा गणतन्त्र स्थापनामा भूमिका खेलेका छन् । तर अहिले अबस्था फरक छ ।
संविधान सभामार्फत संविधान मुलुकले पाएपछी देश शान्त बन्छ भने धारणा ओरोलो गतिमा छ । प्रचण्डको साख गिर्दो छ ।
नेकापा एमाले र तत्कालीन एकीकृत माओवादी मिलेर लगभग दुई तिहाँई नजिकको सरकार ढाल्ने र एकीकृत पार्टी फुटाएर माओवादी र एमाले अलग भए सँगै राजनीतिमा नैरास्यता देखिन्छ भने पार्टी फुटाएर अस्थिरता तिर मुलुकलाई लगेको प्रचण्डलाई आरोप समेत लाग्ने गरेको छ ।
पछिल्लो समय अस्थिरताको जड नै प्रचण्ड रहेछन् भन्ने आम जमात पनि बढ्दो देखिन थालेको छ । दश बर्से युद्धबाट शान्ति प्रक्रिया हुँदै संसदीय प्रणालीमा छिर्दा देवता झैँ मानिने प्रचण्डलाई अहिले गालीको वर्षा सुरु भएको बुझ्न सकिन्छ ।
पछिल्लो समय युद्धमा प्रचण्ड सँगै रहेका नेताहरू लाखापाखा लागेर प्रचण्डको कार्यशालीको चर्को विरोध गर्ने गरेका छन् । जनतामा प्रचण्डको छाप, बोलेका कुरा नपुर्याउने दुई चरित्र बोकेर हिँड्ने नेता भएको पर्न थालेको जानकारहरु बताउँदै आएका छन् ।
पछिल्लो समय एमसीसी प्रकरणमा प्रचण्डको दोहोरो चरित्र देखिनुले झनै प्रचण्ड कमजोर बन्दै गएको विश्लेषकहरू बताउँछन् । एमसीसी प्रकरणमा जनतामा एउटा कुरो भन्ने र एमसीसीलाई लेखिएको पत्रमा पास गर्छु भन्ने प्रतिबद्धता देखाउनु आश्चर्य भएको सर्वसाधारण हरू विभिन्न सामाजिक सञ्जालमा राय राख्दै आएका छन् ।
केही राजनीतिका जानकारहरू भन्छन्, प्रचण्ड अस्थिरताको पात्र जस्तो देखिएका छन् । संसदीय प्रणालीमा भएका सबै दललाई प्रचण्डले प्रयोग गर्दै फाइदा लिँदै छोड्दै गरेको देखिन्छ । जन भावना भन्दा पनि धेरै पदको मोह प्रचण्डले देखाएको र अव पतनको बाटो खनेको समेत जनकारहरू बताउँछन् ।
प्रचण्डले शान्ति प्रक्रियामा आइसकेपछि संसदमा भएका सबै दल सँग बिभिन्न् समयमा सहकार्य गर्दै छोड्दै हिँडेका कारण अव उनका कुरा अहिलेका कुनै पनि दलले नपत्याउने अवस्था भएको एमाले अध्यक्ष केपी ओलीले पटक पटक भन्दै आएका छन् ।
सर्वसाधारणमा समेत प्रचण्ड नेतृत्वको दल अनपपुलर बन्दै गएको पाइन्छ । एमसीसी प्रकरणमा उनको दोहोरो चरित्र देखिएको भन्दै सर्वसाधारणमा उनको लोकप्रियता समेत घट्दै जानुले अबका दिनमा उनको रणनीति के रहन्छ भन्ने कुरा आम जनताको चासोको विषय बन्दै गएको छ ।