शनिबार, साउन ३० २०८३
ताजा अपडेट

तत्कालीन ओली सरकारले अर्बौँ भ्रष्टाचार गरेको भन्दै समाजवादी निकट अनेरास्ववियुले अख्तियारमा मुद्दा हाल्ने


  • बिहिबार, फाल्गुन ५ २०७८
10.8K
SHARES

फाईल तस्बिर

तत्कालीन केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अबौँको भ्रष्टाचार भएको निचोड निकाल्दै माधव कुमार नेतृत्वमा भएको एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले अख्तियारमा मुद्दा हाल्ने भएको छ ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले ओली सरकारका मन्त्री र सिंगो सरकारसँग जोडिएर भएका भ्रष्टाचारको छानविन माग गर्दै बिहीबार अख्तियारमा उजुरी दिने बताएका छन् ।

‘तत्कालीन ओली सरकारका पालमा अर्बौका भ्रष्टाचार भएका छन् । ती भ्रष्टाचार छानविन गरी दोषीमाथि कारवाहीको माग गर्दै हामीले अख्तियारमा उजुरी दिँदैछौ’, पराजुलीको भनाइ छ । ओली सरकारका पालमा ओम्नी, यति, बालुवाटार जग्गा, फोरजी, एनसेल लगायतका भ्रष्टाचार काण्ड भएका थिए ।

समाजवादी दल एमालेबाट अलग भएको लामो समय एमालेको नेतृत्व समालेका माधवकुमार नेपाल लगायत नेताहरूले नयाँ दल एकीकृत समाजवादी जन्माएका हुन् । एकीकृत समाजवादी दल अहिले सत्ता गठबन्धनमा समेला भएर सरकारमा रहेको छ भने एमाले अध्यक्ष केपी ओली अहिले प्रमुख प्रतिपक्षको भूमिकामा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा