शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एमसीसीबारे संसदमा छलफल हुनुपर्छ : भीम रावल


  • बुधबार, फाल्गुन ४ २०७८
8.3K
SHARES

फाइल तस्विर

नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रतिनिधिसभामा छलफल हुनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै रावलले एमसीसी नेपालको सार्वभौमसत्ता र स्वाधीनतासँग जोडिएको महत्वूपूर्ण विषय भएकाले संसदमा छलफल हुनुपर्ने बताएका हुन् ।

‘यत्रो महत्वपूर्ण राष्ट्रिय विषयमा नेपाली जनताबाट निर्वाचित हामी जनप्रतिनिधिले एमसीसीका ती दफाहरु राख्न त पाउनुपर्‍यो नि, जनताले संसदमार्फत थाहा पाउनुपर्‍यो नि’ उनले भने ।

नेता रावलले कतै संसद अवरोधको नाममा होहल्लाभित्र एमसीसी पारित गर्ने षड्यन्त्र त भएको छैन भनेर आफूले विगतमा पनि प्रश्न उठाएको बताए । हाल रावलकै दल नेकपा एमालेले संसद अवरोध गर्दै आएको छ । उनले संसद अवरोधकै बीच सरकारले ल्याएका कतिपय प्रस्ताव पारित गर्ने तर महत्वपूर्ण विषयमा छलफल नगरी पारित गर्ने षड्यन्त्र भएको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा