शनिबार, साउन ३० २०८३
ताजा अपडेट

प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित


  • बुधबार, फाल्गुन ४ २०७८
9.1K
SHARES

फाईल तस्बिर

प्रतिनिधिसभाको बैठक यही फागुन ६ गतेसम्मका लागि स्थगित गरिएको छ । बैठक आउँदो शुक्रबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको हो ।

आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदको अवरोधका बीच थारु आयोगको प्रतिवेदन पेस गरियो । प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेस गरेका हुन् ।

बैठकमा शोक प्रस्ताव पनि पारित गरिएको थियो । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज एमसीसी टेबल नगर्ने सहमति भएको थियो ।

आजको बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराए ।

सभामुख सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भनेलगत्तै एमाले सांसदहरू रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरेका थिए । नाराबाजी रोकेर बैठक चल्ने वातावरण बनाउन सभामुख सापकोटाले पटक पटक आग्रह गरे पनि एमाले सांसदहरू नरोकिएपछि बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा