शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एमसीसी पास गर्छु भनेर हस्ताक्षर गर्ने प्रचण्डको पार्टी संसदीय दल उभियो एमसीसीको विपक्षमा !


  • बुधबार, फाल्गुन ४ २०७८
10.3K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्टको विपक्षमा उभिने निर्णय गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो । आज संसद बैठक बस्दैछ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले संसदीय दलको बैठकबाट विपक्षमा उभिने निर्णय गरेको हो ।

वर्तमान सरकारको एक प्रमुख साझेदार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग एमसीसी जस्ताको तस्तै पारित नहुने बताउँदै आएका थिए ।

तर एकाएक एमसीसी पास गर्ने प्रतिबद्धता सहितको काँग्रेस सभापति देउवा र प्रचण्ड द्वारा हस्ताक्षर भएको पत्र विभिन्न सञ्चार माध्यममा बाहिर आए पछि प्रचण्ड लाई दोहोरो चरित्रको भएको भन्दै विभिन्न सामाजिक सञ्जालमा उनको विरोध हुँदै आएको थियो ।

आज बसेको प्रचण्ड नेतृृत्वको माओवादी संसदीय दलको बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । विपक्षमै निर्णय गर्नु थियो भने प्रचण्डले किन हस्ताक्षर गरेर पत्र पठाएका थिए भन्ने प्रश्न विभिन्न माध्यममा फेरि उठेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा