त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा अब प्रिन्टेड टिकट देखाउनुपर्ने भएको छ । विमानस्थलको सुरक्षा मजबुत गराउने उद्देश्यले मंगलबारबाट लागू हुनेगरी यात्रुलाई पूर्ण विवरणसहितको टिकटको प्रिन्टेड कपी वा डिजिटल कपी अनिवार्य गरिएको हो ।
नेपाल नागरीक उड्डयान प्राधिकरणले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्रिभुवन विमानस्थलको आन्तरिक उडानबाट यात्रा गर्न आउने कतिपय यात्रु महानुभावहरुले टिकटको पी.एन.आर कोड मात्र देखाउने गरेको र उक्त कोडमा यात्रुको पहिचान नखुल्ने भएकाले सुरक्षा संवेदनसिलतालाई मध्येनजर राखी मिति २०७८।११।०७ गते देखि लागू हुने गरी काठमाडौंबाट अन्यन्त्र यात्रा गर्नु पर्दा विमानस्थल प्रवेश गर्नु पूर्व अनिवार्य रुपमा पूर्ण विवरणसहितको टिकटको प्रिन्टेड कपी वा डिजिटल कपी देखाउन हुन साथै टिकटमा उल्लेख भएको रिपोर्टिङ समयमा अनिवार्यरुपमा विमानस्थल प्रवेश गरिसक्न त्रि.अ.वि.न.का. अनुरोध गर्दछ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।