मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस सरकारले समाज रूपान्तरणको अभियानमार्फत महत्त्वपूर्ण काम गरिरहेको बताएका छन् । मंगलबार प्रदेश सरकारले चार वर्षमा गरेका कामका ‘उपलब्धि’ सार्वजनिकका लागि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
प्रदेश सरकारले समाजमा रहेका विकृति, विसंगतिलाई अन्त्य गर्न सामाजिक रूपान्तरणको अभियान सञ्चालन गरिरहेको मुख्यमन्त्री राउतको भनाइ छ । महिला, दलितलगायत उत्पीडितलाई मूल प्रवाहमा ल्याउन प्रदेश सरकारले काम गरेको उनले बताए ।
“यो अवधिसम्म ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ अभियान, छोरी शिक्षा बिमाको कार्यक्रम, साइकल वितरण तथा लोकसेवा कक्षा सञ्चालनजस्ता कार्यक्रम भएका छन्,” उनले भने ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।