शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रहरीले भन्यो : अनलाइन ठगीमा पर्नुहोला, सचेत हुनुस्


  • मंगलबार, फाल्गुन ३ २०७८
6.9K
SHARES

फाईल तस्बिर

सामाजिक सञ्जालमार्फत् ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले सचेत रहन आग्रह गरेको छ ।

अपराधिक समूहले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी मोबाइल बैंकिङको आईडी र पासवर्ड माग्ने, नक्कली वेबसाइट प्रयोग गरेर चिठ्ठा परेको भनी करवापतको भन्दै पैसा माग्ने गरेको भन्दै सचेत रहन ब्यूरोले जनाएको छ ।

त्यस्तै, आपराधिक समूहले बैंक र अनलाइन भुक्तानी प्रणालीमा पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढेको भन्दै प्रहरीले आफ्ना पासवर्ड र ओटीपी कोड तथा सुरक्षा एसएमएस नदिन आग्रह गरेको छ ।

विद्युतीय आर्थिक कारोबार बढिरहेको अवस्थामा सर्वसाधारणले थाहै नपाई ठगिन सक्ने भन्दै प्रविधिको दुरुपयोगबाट बच्न साइबर ब्यूरोका प्रवक्ता एसएसवी नविन्द अर्यालले आग्रह गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा