शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

पर्यटन मन्त्रालयको एक्सनपछि क्यासिनोहरु धमाधम करको दायरामा


  • मंगलबार, फाल्गुन ३ २०७८
9.4K
SHARES

फाइल तस्विर

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको एक्सनपछि क्यासिनो सञ्चालकहरु धमाधम करको दायरामा आउन थालेका छन् ।

क्यासिनो तथा आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेल सञ्चालनको लागि इजाजत प्राप्त कम्पनीहरूबाट चालु आर्थिक वर्षको ७ महिनामा मात्र झण्डै साढे ७५ करोड रुपैयाँ राजस्व उठेको छ ।

मन्त्रालयले दिएको सूचना अनुसार हालसम्म देशका विभिन्न स्थानमा सञ्चालित १९ वटा क्यासिनो तथा मिनी क्यासिनोहरुबाट गरी यसै वर्षमा ७५ करोड ४५ लाख रुपैयाँ राजस्व दाखिला भएको हो । साथै, बाँकी १४ करोड २० लाख रुपैयाँ सोही राजस्व प्रयोजनका लागि क्यासिनो सञ्चालकहरुबाट बैंक जमानत प्राप्त भएको समेत मन्त्रालय जानकारी दिएको छ ।

यस्तो राजस्व आर्थिक वर्ष २०७६÷७७ सम्ममा विभिन्न क्यासिनो सञ्चालक कम्पनीहरु मार्फत कुल एक अर्ब ९० करोड ९९ लाख ५५ हजार ९२६ रुपैयाँ ९९ पैसा उठ्नु पर्नेमा ८४ करोड ८४ लाख ४७ हजार ८४८ रुपैयाँ मात्र रोयल्टी शीर्षकमा राजश्व बक्यौता रहेको देखिएपछि कारबाही प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ ।

गत २०७४ माघ २६ गतेको मन्त्रिपरिषद्को निर्णयाले पनि यस्तै रोयल्टी नबुझाउने क्यासिनोलाई कारवाहीको प्रक्रिया अगाडि बढाएपछि अटेर गरेको तर अहिले मन्त्रालयले पुनः एक्सन लिएपछि रोयल्टी दाखिला गर्नेहरुको बढेको मन्त्रालयको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा