शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

बानेश्वरमा काँग्रेस संसदीय दलकाे बैठक सुरु


  • मंगलबार, फाल्गुन ३ २०७८
9.4K
SHARES

फाइल तस्विर

सत्तासीन दल नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ । एमसीसी र प्रधानन्यायाधीश विरुद्धको महाअभियोगबारे छलफल गर्न नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलकाे बैठक सुरु भएको हो ।

भोलिको संसद बैठकमा एमसीसी टेबल गर्ने सरकारकाे तयारीका बीच काँग्रेसले संसदीय दलकाे बैठकमा छलफल थालेकाे छ ।

सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट संसद सचिवालयमा दर्ता गराइएको प्रधानन्यायाधीशविरुद्ध चाेलेन्द्र शम्शेर जबरा विरुद्धको महाअभियोग प्रस्तावपछिकाे विकसित घटना क्रमबारे पनि बैठकमा छलफल भइरहेको छ ।

साेमबार बसेकाे सर्वदलीय बैठकले संसद खुलाउन पहल गर्ने निर्णय गरेको थियो । यश विषयमा पनि काँग्रेस बैठकमा छलफल भइरहेकाे काँग्रेस संसदीय दलकी सचेत पुष्पा भुसालले बताइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा