शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने राप्रपाको निर्णय


  • बिहिबार, माघ २७ २०७८
13.6K
SHARES

फाइल तस्विर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबै आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने निर्णय गरेको छ ।

बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याउँदै सबै स्थानीय तहमा उमेदवार खडा गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

कमल थापाले पार्टी छाडेपछि बसेको उक्त बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीसहित पदाधिकारीहरु र प्रदेश कार्य समितिका अध्यक्षहरूको उपस्थिति रहेको उनको भनाए छ ।

उनका अनुसार बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीलाई अत्यधिक सफलता हासिल गर्न महामन्त्री एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन विशेष कार्ययोजना बारे छलफल   भइ पार्टीको संगठन सुदृढ र क्रियाशील बनाएर चुनाव केन्द्रीय हुने निर्णय गरेको हो ।

पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजना बारे आम जनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने  पनि बैठकले निर्णय गरेको छ।  यस्तै फागुन महिनालाई प्रशिक्षणको महिना बनाउने, पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण सञ्चालन गर्ने,  जिल्ला कार्यसमिति र स्थानीय तह अन्तर्गतका समितिको सिफारिसमा फागुन मसान्तभित्र उमेदवार छनौट गर्ने लगायतका निर्णय पनि बैठकले गरेको छ ।

यस्तै बैठकले समान विचार भएकाहरुसँग एकता, मोर्चा वा सहकार्यका लागि भइरहेका प्रयासको समीक्षा गर्दै जारी वार्तालाई निरन्तरता दिने निर्णय पनि गरेको श्रेष्ठले जानकारी दिए । यस्तै संवाद शुरु नभएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्यको लागि बैठकले आह्वान पनि गरेको छ ।  साथै हालसम्म पार्टीमा समावेश भइसकेका र हुने व्यक्ति, समुहलाई सहमति अनुसारको जिम्मेवारी दिइने निर्णय समेत भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा