शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

विशेष कारण देखाउँदै माओेवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित


  • बिहिबार, माघ २७ २०७८
10.6K
SHARES

फाइल तस्विर

माओवादी केन्द्रको २८ र २९ माघमा बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । माओवादी केन्द्रको सचिवालयले विशेष कारणवश केन्द्रीय समिति बैठक स्थगित भएको जनाएको छ।

माओवादी केन्द्रले पदाधिकारी छनोट गर्ने भन्दै प्रज्ञा प्रतिष्ठान कमलादीमा दुई दिनका लागि बैठक बोलाएको थियो । माओवादीको राष्ट्रिय महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्य चयन गरे पनि अन्य पदाधिकारी छनोट गर्न सकेको छैन ।

कोरोनालाई विशेष कारण देखाएर बैठक सारिएको माओवादी केन्द्रका एक नेताले बताए ।

उनका अनुसार बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीका विषयमा गठबन्धनमा ठोस सहमति नजुटेसम्म माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्ने सम्भावना छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा