शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कमल थापालाई पार्टीमा फर्किन जबराको आग्रह


  • बिहिबार, माघ २७ २०७८
10K
SHARES

मोहन बानियाँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्षपशुपति शम्शेर जबराले कमल थापाले पार्टी त्यागको घोषणा गर्नु अनपेक्षित भएको बताएका छन् । साथै थापा पार्टीमा फर्किने विश्वास व्यक्त गरे ।

बिहीबार केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वअध्यक्ष राणाले अर्का पूर्व अध्यक्ष थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरेपनि अस्वीकार गरेको गुनासो गरे ।

उनले भने, सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ । त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ । अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो ।’

तीनै चरणको निर्वाचनमा गम्भीर भएर सोच्नुपर्ने भन्दै उनले थापालाई पुनः पार्टीमा फर्किन आग्रह गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा