मधेश प्रदेश सरकारले पहिलो पटक फागुन १ गते जनयुद्ध दिवस मनाउने भएको छ ।
विगत तीन वर्षदेखि माघ ५ गतेलाई मधेश बलिदानी दिवसको रूपमा मनाउँदै आएको मधेश प्रदेश सरकारले पहिलोपटक जनयुद्ध दिवस पनि मनाउने निर्णय गरेको हो ।
शहीद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरेर दिवस मनाइने प्रदेश सरकारले जनाएको छ । पहिलो चरणमा प्रदेशको आठवटै जिल्लाका ४० सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए ।
शहीद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रमलाई पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने उनले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।