मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

यी हुन् घिउ खानुका फाइदाहरु


  • बिहिबार, माघ २७ २०७८
11.3K
SHARES

फाईल तस्बिर

घिउ सर्वसुलभ चिल्लोपदार्थ हो । अर्गानिक घिउ निकै स्वस्थकर मानिन्छ । तर, यसको मात्रालाई भने ध्यान पुर्‍याउनुपर्छ । घिउ सेवनका धरै फाइदा छन । पश्चिमा देशहरुमा अहिले घिउको प्रयोग बढीरहेको छ, जुन क्ल्यारिफाइड बटर नमले प्रचलित छ । घिउलाई अमेरिकामा तौल घटाउनको लागिसमेत प्रयोग गरिन थालेको छ । पश्चिमा देशहरुमा घिउभन्दा पनि नौनी अर्थात बटरको प्रयोग बढ्दो छ ।

प्राचिन कालदेखि प्रयोग हुँदै आएको घिउ चिल्लोको मात्रा एकदमै ९९ दशमलव ९ प्रतिशत हुन्छ । तर, चिल्लोसँगै यो भिटामिनको पावर हाउस नै हो । यसमा दुधमा पाइने प्रोटिन, काब्रोहाइड्रेट र पानीको मात्रा भने हुँदैन । पछिल्लो समय हाम्रो मुलुकमा घ्यू प्रयोग गर्नु अस्वस्थकर भन्नेजस्ता गलत र भ्रामक सूचना पनि सम्प्रेशण भइरहेका छन् । तर, यो स्वास्थ्यको लागि अति उपयोगी हुन्छ ।

घिउबाट प्राकृतिक रुपमा उमेगा ३ र उमेगा ९ ˆयाटी एसिड नामक पोषकतत्व पाइन्छ । यी दुबै तत्वले रत्तनलिमा जमेको कोलेस्ट्रोल हटाउन मदत पुग्छ । यी तत्वले रगत भएका कोलेस्ट्रोललाई पनि कम गर्न पदत गर्छ । ओखर, माछा, अल्मोण्ड, आलसबाट पाइने पोषणतत्व पनि यीनै हुन् । घिउमा भएका अन्य एन्टीअक्सीड्याण्टले रगतमा कोलेस्ट्रोल छ भने पनि रत्तनलिहरुमा जम्न दिदैन ।

–घिउ सेवनले छालामा चमक ल्याउनुका साथै स्वस्थसमेत बनाउँछ ।
–यसले स्मरण शक्तिमा पनि सकरात्मक प्रभाव पार्छ ।
–कब्जियतका बिरामीलाई घिउ निकै फाइदाजनक हुन्छ ।
–घिउ सेवनले जोर्नीमा घर्षण उत्पन्न गर्छ । जसले गर्दा, हिँडडुल गर्न सहायता पुग्छ ।
–यसले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।
–यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरा घटाउनसमेत काम गर्छ ।
–घिउले शरीरमा भिटामिन डी उपलब्ध हुने वातावरण सिर्जना गर्छ ।
–घिउको सेवनले मधुमेहको समस्या समाधानमा मद्दत पुर्‍याउँछ ।
–घिउले रगतमा चिनी नियन्त्रण गर्नुका साथै विकार वस्तुको खतराबाट पेटलाई जोगाउँछ ।
–घिउले शरीरलाई आरामदायी बनाउनका साथै निद्रामा सहयोग पुयाउँछ ।
–घिउलाई जुनसुकै तरिकाले प्रयोग गर्न सकिन्छ । विशेषगरी, यसको उपयोगबाट डिप फ्राई, तरकारी, दालरोटी र परौठा आदि बनाउन सकिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा