मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

आजदेखि मौसम सुधार हुने्, मौसमविद् भन्छन्-वर्षा र हिमपात गराउने प्रणाली कमजोर भइसक्यो


  • बिहिबार, माघ २७ २०७८
10.5K
SHARES

माैसम

आज बिहिबारदेखि मुलुकभर मौसम सुधार हुने मौसमविद्ले बताएका छन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर भइसकेको छ।

बासीका अनुसार आज काठमाडौंसहित देशका अधिकांश स्थानमा घाम देखिने सम्भावना रहेको छ।

‘मुलुकमा वर्षा र हिमपात गराउने न्यून चापीय प्रणाली कमजोर भइसकेको छ, आज घाम-बादल, घाम-बादल हुने देखिन्छ, अब २-३ दिन मौसम आंशिक बदली हुने र  क्रमशः मौसममा सुधार आउँछ’, उनले भनिन्।

बासीका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी रहेकाले यतिबेला सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म तथा देशका बाँकी स्थानमा आंशिक बदली रहेको छ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागका एक/दुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बासीका अनुसार आजभन्दा भोलि अलि बढी बदली हुने सम्भावना रहेको छ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २७ गते (बिहीबार)
दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहि बांकी भु-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागका एक/दुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहि बांकी भु-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ २८ गते (शुक्रबार)
दिउँसो : प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहि बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रहि बांकी भु-भागको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भु-भागका एक/दुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ २९ गते (शनिबार)
दिउँसो : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा