स्थानीय तह निर्वाचनको मितिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजीवकुमार साहले पाँच वर्षको पूरा कार्यकाल काम गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । यद्यपि रिट दर्ता भएको छैन ।
सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले प्राप्त भएको रिट निवेदनमाथि अध्ययन भइरहेको बताए । उनले अन्नपूर्णसँग भने, ‘निर्वाचन मितिविरुद्ध रिट प्राप्त भएको छ । दर्ता गर्ने कि नगर्ने प्रक्रियामा छौं । अध्ययन भइरहेको छ ।’
सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।