सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि कोइराला समूहको छलफल


  • बुधबार, माघ २६ २०७८
7.8K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक बालुवाटारमा सुरू भएको छ।

स्थानीय तहको निर्वाचन, एमसिसीलगायत समयसामयिक राजनीतिका विषयमा कोइरालाले आफ्नो समूहका नेताहरूसँग छलफल गर्न बैठक बोलाएका हुन्।

बैठक बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा चलिरहेको नेताहरूले बताए।

बैठकमा कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, चन्द्र भण्डारी, बलबहादुर केसी, अर्जुनरसिंह केसी, मिनेन्द्र रिजाललगायत रहेको स्रोतले बतायो।

कोइरालाले मंगलबार साँझ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए।

बुधबार नै नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। त्यसअघि नै कोइरालाले आफ्नो समूहका नेताको भेला गराएका हुन्।

कांग्रेस कार्यसम्पादन समिति बैठकमा स्थानीय तहको निर्वाचन, भ्रातृ संगठनहरूको निर्वाचन र १६ जिल्लाको अधिवेशनबारे छलफल हुने बताइएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा